Friday, January 9, 2015

३ शेर

नुन कम भएछ, हाम्रो पिरतीमा
चुन कम भएछ, चाम्रो पिरतीमा

अन्धेरो मात्र देख्छु, पुर्णिमाको रात
जुन कम भएछ, दाम्रो पिरतीमा

धमनी र शिराले, काम गर्दा गर्दै
खुन कम भएछ, राम्रो पिरतीमा
------

सूत्र - lSS lSl SSl SS
बसेरै कुरा, गरौं है ल साथी
कहानी पुरा, गरौं है ल साथी

नशामा छ को, नशालु ती आँखा
पिएरै सुरा, मरौं है ल साथी


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...