Saturday, January 17, 2015

केही शेर

रचनाहरु मुहार पुस्तिकामा मन पराइेएका
----------------------------------------------
चिहान खन्नेको चिहान कसले खन्ला ?
यहाँ, यो, मुर्दाहरुको, बस्तिमा भोलि !!

भो दुरी ननाप तिमी र म बिचको
असमझदारीको ठूलो खाडल छ !!

चल्दैन टल्कने सिक्का बजारमा
नक्कली खोस्टोको बिगबिगी छ !

म जहाँ डेरा सरे पनि अब यो संसारमा
तिम्रो स्थाई ठेगाना मैले भन्नु पर्छ र?

दिलको सागर छेउ, आँखाको झिलमा बास देउ
न्यानो अङ्गालो काफी छ ब्यन्जन चाहिन्न भो,

मायामा बांच्छु भन्नेहरु, अङ्गालोमा भोक् बिर्सन्छन् रे
आफु त् मायालु परिएन, होलात सब् थोक बिर्सन्छन् रे ??

 हजुरको घरको सबै थोकको रङ्ग बदलिए पनि
मुटुको ढोका मनको रङ्ग नबद्लिए पुग्छ मलाई !!

-------------------------------
धर्सा धर्सा खुशीहरु, मेटिंदै गा´छन्
कदम पिच्छे कांडा, भेटिंदै गा´छन्

कुन बैरीको आँखा लाग्यो दैलोमा ठेस्
धमिलोमा अमिलो झैं, फेटिंदै गा´छन्

विश्वाशको डोरी चुंड्यो भरोषाको माला
जियाद हैन माया प्रेम्, रेटिंदै गा´छन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...