Monday, January 12, 2015

नेपालीको पिरलो

मित्र हो बन्दका, दिन आए
देश´मा गन्धका, दिन आए

खिचलोमा, रमाउनेको जमात्
के गर्ने द्वन्द्धका, दिन आए

पालो पर्खेर, छिर्कने खेल्ने ती
भाउजु र् नन्दका, दिन आए

भत्काउने, जलाउने र जल्ने
बलजफ्ती, चन्दाका दिन आए

लुट्दैछन् स्वतन्त्रता हाम्रो नै  
कस्तो प्रतिबन्धका, दिन आए

जानु पर्दैन, खोज्नलाई काल
देशभित्रै परिबन्दका, दिन आए

अमन चमन, मैलाउदै फेरि
पालैपालो, बन्दका दिन आए
------------
- एस बि पौडेल ¨आफन्त¨

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...