Thursday, January 22, 2015

मलाई ¨बाद¨ले तर्साउँछ

हिजोआज जिन्दाबादले तर्साउँछ
बिद्रोहिका मुर्दाबादले तर्साउँछ
निरीह मान्छेको रगतमा नुहाउने
आतंकै आतंकबादले तर्साउँछ
बुझ्दिन गहिरा दस्ताबेजहरु तिनै
तेजिला ¨घातक¨बादले तर्साउँछ
सिमा नाघेर छट्टाएका शहरी
साँढेहरुको उग्र´बादले तर्साउँछ
प्रतिगामीको टिका लगाएकाको
पूरानै सामन्तबादले तर्साउँछ
जनताको नाममा लुटेरा हुर्किए
आज उसैको जनवादले तर्साउँछ
हिजोआज जिन्दाबादले तर्साउँछ
बिद्रोहिका मुर्दाबादले तर्साउँछ

नटुङ्गिने क्रान्तिको शिल्शिला
सिन्डिकेट् कुर्चिबादले तर्साउँछ
अर्थ, राजनीति र रोटीको त्यही
नजानिंदो मार्क्सबादले तर्साउँछ
गरीबी, उत्पीडित् र उपेक्षित
भनेपनि माओबादले तर्साउँछ

न शंख फुके न घण्टा बजाए
कथित अतिबादले तर्साउँछ

हिजोआज जिन्दाबादले तर्साउँछ
बिद्रोहिका मुर्दाबादले तर्साउँछ

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...