Thursday, January 1, 2015

कबिता

परदेशको माटोमा
याद र सम्झनाले छाती जलेको बेला
केबल तिमी त छौ मेरी
मनको मसी,
मन कै कापिमा
मनकै कलमले कोरिएका
तिम्रा सुकोमल तस्बिरहरु
तिम्रो तस्बिरहरुमा, म
पिग्मालिओन झैं
एकोहोरो प्रेममा फसेको हुन्छु
तिमीमा नै समाहित हुन्छु
टुटेफुटेका अक्षरहरुले
जब तिम्रो सिउँदो सजाउँछु म,
म खुशीले गद्गद हुन्छु,
म रुन्छु म हांस्छु।
चिसा रातहरुमा
तिम्रै सामिप्यतामा निदाउंछु
किन कि तिमी मेरी हौ
म तिम्रो हुँ,

थाहा छैन,
कति पुरानो हो हाम्रो
नाता र सम्बन्ध
तर पनि यस्तो लाग्छ
पूरानो मायाले डोर्याएको
पिरतीका गोरेटाहरुमा
छेड्खानी गर्दै,लुकामारी खेल्दै
हिडने दौंतरी हौं जस्तो लाग्छ,
जब तिमी
मेरो मन मस्तिस्कमा
ढकमक्क फूल्न खोज्छ्यौ
म माली बनेको हुन्छु
तिमी मेरी र म तिम्रो
सहयात्री बनेका हुन्छौं,,

आउ अझै मेरो नजिक आउ
म मा नै हराउ, किन कि
म तिमीमा नै हराउन चाहन्छु
बिर्सिन चाहन्छु, म
यो मतलबी दुनियाँ।

तिमी मेरी अक्षर हौ
तिमी मेरी शब्द,
म तिम्रो मसी हुँ
म तिम्रो कलम
आखिर तिमी नै हौ मेरी
कबिता,,

जसले मलाई रुन सिकायौ
हास्न सिकायौ,
मुस्कुराउन सिकायौ,
निर्जिब बनिसकेको मेरो
मस्तिस्कलाई सजिब बनायौ,
प्यासीहरुको लागि
कुवा,
तुशारोमा रात बिताउनेको लागि
रुवा,
थाक्दिन म तिम्रो बयान गर्न
किन कि तिमी नै त हौ
मेरो मन मस्तिस्क चलाऊने,

त्यसैले आउ
मेरा अभिलाषाहरुलाई
अनुभूत गर,
अनुभब गर,
आज झैं स्विकार मलाई
म स्विकार्ने छु तिमीलाई,

किन कि तिमी मेरी कबिता हौ
म तिम्रो भावना हुँ

-----------------
श्रीभक्त पौडेल ¨आफन्त ¨
१ जनवरी २०१५
१२:३५
सान सेबास्टिअन
स्पेन 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...