Friday, January 9, 2015

बुढो भैस् भन्छन्

जवान नै छु म भन्छु, बुढो भैस् भन्छन्
कही कतै जिस्काउदा, फुँडो भैस् भन्छन्

बासमती´को चामल्, बिर्यानी हुँ लाग्छ
फर्सीराखी फत्काएको, कुँडो भैस् भन्छन्

जुल्फी कोर्दा त पाखे, नकोरौँ भने भुत्
कटौरी नै फुस्किएको, घुँडो भैस् भन्छन्

कुनै बेला मुस्कानले, बादल फाट्यो कतै
त्यही ओठलाई किन, ठुँडो भैस् भन्छन्

सुटेड् बुटेड् सधैं, हुन जानिएन
हेर्दा हेर्दै तँ त काले, लुँडो भैस् भन्छन्

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...