उजेलो भए नि, बिहान भा´छैन
मुर्दा धेरै छन, चिहान था´छैन
उत्तर दक्षिण, बिछौना हराए
पूर्व र पश्चिम, सिरान ला´छैन
पौरखी नेपाल् ले, रेगिस्तान् बनाए
आफ्नो स्वदेश मा, ठिगान था´छैन
आँसुको ढिक्काले, मायालु बिदाई
कहिले हुने भो, मिलान था´छैन
ढांट्दैछ परदेश्, फर्कने मितिमा
फाटेका छन् मन, सिलान था´छैन
No comments:
Post a Comment