Tuesday, January 13, 2015

गजल मुर्दा धेरै छन, चिहान था´छैन

उजेलो भए नि, बिहान भा´छैन 
मुर्दा धेरै छन,  चिहान था´छैन 

उत्तर दक्षिण, बिछौना हराए 
पूर्व र पश्चिम, सिरान ला´छैन 

पौरखी नेपाल् ले, रेगिस्तान् बनाए  
आफ्नो स्वदेश मा, ठिगान था´छैन 

आँसुको ढिक्काले, मायालु बिदाई 
कहिले हुने भो, मिलान था´छैन 

ढांट्दैछ परदेश्, फर्कने मितिमा 
फाटेका छन् मन, सिलान था´छैन 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...