Saturday, January 17, 2015

गीत आज फेरी मेरी जून लाई

आज फेरी मेरी जून लाई, बादलुले छेकेको छ
घुम्टोभित्र सधैं ऊनलाई, जुन् ताराले देखेको छ

मैले लेख्न छाडेपनि, उन्को नाममा गीत-गजल
सौन्दर्यताको आख्यान भर्दै, दुनियाँले लेखेको छ

शिर्शिरबतास् बिन्ति मेरो, त्यो बादलु हटाई देऊ
पुर्णिमाको उजेली लाई, त्यो बादलुले चेपेको छ

ईन्द्रेणीको रंग फिका, लाग्थ्यो उन्को मुहार हेर्दा
हेर्नुस उनैको आँगनीमा, एेश्वर्या´ले टेकेको छ

आज फेरी मेरी जून लाई, बादलुले छेकेको छ
घुम्टोभित्र सधैं ऊनलाई, जुन् ताराले देखेको छ 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...