Thursday, January 29, 2015

दिलमा छु म


 टाढा छु ¨माया¨ तर तिम्रो दिलमा छु म
नियालेर त हेर ति नयनका झिलमा छु म

रोएर ति हात हल्लायौ हिजो बिदाईमा सानु
खोज टिका,गाजल, अधरको डिलमा छु म

काट्दैछु रात यादमा भेट्दैछु सपनीमा बुझ्यौ
निशानी छोडें गलामा, खोज खिलमा छु म

सारांङ,दामन,लुम्बिनी घुमेका मिठा पलहरु
माछापुछ्रेको मुस्कान फेवाको निलमा छु म

लगनगांठो भन्दा कसिलो हाम्रो आलिंगन छ
लुम्लेको चिसो हावा संगै पून हिलमा छु म

टाढा छु ¨माया¨ तर तिम्रो दिलमा छु म
नियालेर त हेर ति नयनका झिलमा छु म

A dedication and few love words to my beloved wife, life partner and of course my HEART

- लक्ष्मण अधिकारी
पोखरा नेपाल
हाल स्पेन


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...