Monday, January 5, 2015

म अतिबादी होइन

म अतिबादी होइन,
अतिबाद् मेरो कर्म होइन
कलम शन्ख र रातो टिका
मेरो धर्म हो,
म अझै
समाजको मुलधारमा छु
समाजको मुल्य र मान्यता भित्र
स्वतन्त्र नहुँदा नहुँदै
यद्ध्यपी मौन छु म
स्वतन्त्र जन्मिएको नाताले
स्वतन्त्र नागरिक हुँ म
त्यसैले मेरा
नैसर्गिक अधिकार हनन नगर,
भन म मा के को
उग्रबाद देख्यौ र?
निधारमा अतिबादको धब्बा लगाउदैछौ?
हो म मानब समाज केन्द्रित
सिद्दान्त भन्दा पर पनि त गएको छैन
न बन्दुक उठाएको छु
उठाएको छु त
शंख,हो त्यो शंख
जुन शंखको ध्वनी गुन्जिदा
महाभारतका धनु बांण् र रथ रोकिन्थे,
ब्रमाण्डमा बादल गर्जिन्थे भने
मेरो पवित्रतालाई
तिम्रो कुन नजरले
अतिबाद देख्यौ?

न गुटमा छु म
न दाहिने देब्रे
राजनीति र आर्थिक (अर्थशास्त्र)
दायरा भन्दा बाहिर छु म
हो म नितान्त धर्मको पक्षमा छु
त्यो धर्म जहाँ मान्छे आँफै देबता बन्छ
मान्छेलाई देवता बनाउँछ
अर्धचेत् पश्चिमाहरु पनि
अंगिकार गर्दैछन् यो धर्म भने
मेरो त्रुटी के र कसरी भयो
कहाँ नेर भयो कि
आज एकाएक म
अतिबादी भएको छु।

म अतिबादी होइन,

--------

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...