Saturday, January 3, 2015

पहिचान ??

कस्तो कस्तो, पहिचानको खोजिमा छौ
लाग्छ सस्तो, पहिचानको खोजिमा छौ

मेटिदैछन् भातृत्व, अनि आत्मिय पन्
अझै खस्दो, पहिचानको खोजिमा छौ

धर्मको आड्मा राजनिती, नगर्नु थियो
छुरी धस्तो, पहिचानको खोजिमा छौ

एेनामा खोज, तिमी कोहौ जातमा हैन
भेंडा जस्तो, पहिचानको खोजिमा छौ

जित हुँदैन कहिल्यै, साम्प्रदाय भड्केमा
किन?  यस्तो, पहिचानको खोजिमा छौ ??

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...