Saturday, January 3, 2015

गजल:भोकको ज्वाला, निभ्दैन् भाषणले

हिंड्नुछ भोलि, सबेरै सबेरै
बोक्नुछ झोलि, सबेरै सबेरै

भाग्यको लेखो, मेटिन्न कहिल्यै  
टाल्नुछ चोलि, सबेरै सबेरै

चामल् न पिठो, मान्छेको बजार
बिक्नुछ बोलि, सबेरै सबेरै

नयाँ नेपाल् मा, देखेका सपना
निल्नुछ घोलि, सबेरै सबेरै

भोकको ज्वाला, निभ्दैन् भाषणले
भोग्नुछ गोलि, सबेरै सबेरै



No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...