Saturday, January 3, 2015

गजल:भोकको ज्वाला, निभ्दैन् भाषणले

हिंड्नुछ भोलि, सबेरै सबेरै
बोक्नुछ झोलि, सबेरै सबेरै

भाग्यको लेखो, मेटिन्न कहिल्यै  
टाल्नुछ चोलि, सबेरै सबेरै

चामल् न पिठो, मान्छेको बजार
बिक्नुछ बोलि, सबेरै सबेरै

नयाँ नेपाल् मा, देखेका सपना
निल्नुछ घोलि, सबेरै सबेरै

भोकको ज्वाला, निभ्दैन् भाषणले
भोग्नुछ गोलि, सबेरै सबेरै



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...