Wednesday, January 14, 2015

गजल

यो यहि बिरानो, शहरको कथा हो
यो त्यहि पूरानो, रहरको कथा हो

बोकेर निस्कंदा, त चाहना अनेकौं
न मियो न रानो, लहरको कथा हो

लेखेर छाडेछ, पुर्पुरो´मा छैंठिले
गोला अनि गानो, जहरको कथा हो

सम्झेर ल्याउँदा, स्वदेशकी मायालु
चुहिने त्यो छानो, कहरको कथा हो

मरी लानु छैन, बिना खल्तीको कात्रो
पुगे हुन्थ्यो मानो, ठहरको कथा हो

------
ठहर-किटानी



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...