Sunday, January 4, 2015

केही शेर

मोडिन पनि मिल्ने फराक पारेको छु आँगन बाटो
अब तिम्रो बग्गी नआउने निहुँ बनाउनु तिम्रो खुशी (फेस्´बुक बाट)
----
बाटो भन्दा मन फराकिलो पार्नु प्रिय
बग्गिमा होइन पैदल अाउँदै छु म ल!
-----
सक्छौ भने कमल छर पोखरीमा प्रिय
पोखरी हुँदै बाटो दलदल आउँदै छु म
------
विश्वाश मर्यो मान्छेको बस्तिमा प्रिय
एक्लै एक्लै सधैं निर्दल आउँदै छु म
-------------------------
सवाल जवाफ होइन, दनक दिनु पर्छ
आखिर के हुन जनता, छनक दिनु पर्छ

शहरिया कुकुर फेरी, गाउँ छिर्न खोज्लान
एकताको बलले खुट्टा, ठनक दिनु पर्छ

अजिंगर् हुन सुतिराख्ने, आहारा बन्नु हुन्न
कोदाला हडम्लोको चर्को, झनक दिनु पर्छ


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...