Saturday, January 3, 2015

$$$ गजल $$$

Required edit
छन्द - कप्ताड•
विश्राम - ६ अक्षरमा

ल्याप्चे ठोक्नेले के, के पो लेख्ने हुन्
आमा टोक्नेले के, के पो लेख्ने हुन्

धोका धोकामा नै, बीते कैयौं साल्
ऋणै बोक्नेले के, के पो लेख्ने हुन्

विश्वाशै गुमायौ, नेता तिम्रो खै
राँको बोक्नेले के, के पो लेख्ने हुन्

बाड्यौ एजेन्डा त्यो, लेखेका पन्ना
मात्रै खोक्नेले के, के पो लेख्ने हुन्

ढोङ्गी भोगी रोगी, कस्ता मिलेका
भा´को पोख्नेले के, के पो लेख्ने हुन्

भा´को - भएको 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...