Thursday, January 8, 2015

गजल बगें

रोक्किएर बगें म, ठोक्किएर बगें
साउन्को खहरे झैं, झोक्किएर बगें

सागर छुने चाह, बगर् पछ्याउँदै
दाँया बाँया थोरै, पोख्खिएर बगें

जीवन्का गोरेटोमा, धेरै गल्ती भए
सम्झि शिर ठोक्दै, कोक्किएर बगें

समयका दारा ति, समयकै बेग् मा
समय कै चेपुवामा, टोक्किएर् बगें

अभिलाषा रहर, मन भरि साँच्दै
अपांगको काँधमा, बोक्किएर बगें

pic-
(streams of hope)

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...