Thursday, January 8, 2015

गजल बगें

रोक्किएर बगें म, ठोक्किएर बगें
साउन्को खहरे झैं, झोक्किएर बगें

सागर छुने चाह, बगर् पछ्याउँदै
दाँया बाँया थोरै, पोख्खिएर बगें

जीवन्का गोरेटोमा, धेरै गल्ती भए
सम्झि शिर ठोक्दै, कोक्किएर बगें

समयका दारा ति, समयकै बेग् मा
समय कै चेपुवामा, टोक्किएर् बगें

अभिलाषा रहर, मन भरि साँच्दै
अपांगको काँधमा, बोक्किएर बगें

pic-
(streams of hope)

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...