Saturday, January 17, 2015

बाँकी छ


तिमीले छोडेको, निशानी बाँकी छ 
कैयौं प्रहर् बिते, बिहानी बाँकी छ

कल्पेरै बित्ने भो, मेरा रातहरु 
आँसुले भिजेका, सिरानी बाँकी छ 

किनारा पछ्याएँ, मझधार तिमी 
कबिता हराएँ, रूमानी बाँकी छ 

कसम र बाचा, अनन्त् जीवनको 
तिमीले भूलेनी, जूमानी बाँकी छ 

तिमीले छाडेनी, निशानी बाँकी छ
ति हाम्रा सूहानी, कहानी बाँकी छ 


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...