Thursday, January 22, 2015

गजल - जनता सुध्रिनु पर्छ अब

नेता सुध्रियनन्!, जनता सुध्रिनु पर्छ अब
हेर्नुस् कठिन अवस्थामा, गुज्रिनु पर्छ अब ।

च्यातिदिउँ सारा, बिदेशिका लङ्गोटिहरु ति
चन्द्र-सुर्य एउटै झन्डामा, घुस्रिनु पर्छ् अब ।

परेर भर ढेँडुको, हात् मा कुरौनी दिहाल्यौं
सधैं उनैका जुँघा चिप्ला, फुस्रिनु पर्छ अब ।

एकतामा नै छ भलो, हामी नेपाली साराको
होश् न´पुर्याय माला बाट, उध्रिनु पर्छ अब ।

टुक्राउनु छैन हाम्रो देश्, मेची र महाकाली
¨नेपाल¨आमाको काखमा, थुप्रिनु पर्छ अब ।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...