Monday, January 5, 2015

गजल:भित्र

के थाहा के, गर्दैछन् भित्र
मार्दैछन् कि, मर्दैछन् भित्र

बानर हुन्, कि भेंडा हाम्रा
काम कि घांस्, चर्दैछन् भित्र

मुठ्भेड् हुन्छ् रे, भन्दै छन
काल् कुट् बिष, छर्दैछन् भित्र

रिमोट् कता छ्, प्रभु नि प्रभु
उतै को भर्, पर्दैछन् भित्र

शिखरै नपुगी, तल झर्दैछन्
आफ् आफु नै, लर्दैछन् भित्र
------
लर्दैछन् - लढ्दैछन्

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...