Friday, January 2, 2015

गीत शिर्शिर बतास तिम्रो


बिहानीको झुल्के घाम, शिर्शिर बतास तिम्रो 
जवानीको जोश जांगर्, फूलको सूवास तिम्रो 

खेर जाला त्यसै तिम्रो, लर्के, जोवन मलाई  
पिरती´मा दील् सुम्पने, मिठो रिवाज तिम्रो 

शिशिर र बसन्त को, सवाल जवाफ सुन्दै 
सातैरङ्ग इन्द्रेणीमा, त्यो लालीगुराँश तिम्रो 

घना बादल तिम्रै केश्, सुन!जून घाम तिम्रा 
सृस्‍टि संसार सागर, बिशाल आकाश तिम्रो 

बिहानीको झुल्के घाम, शिर्शिर बतास तिम्रो 
जवानीको जोश जांगर्, फूलको सूवास तिम्रो 




No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...