Sunday, January 25, 2015

कबिता मेरो देश छ

-------------
कमिलाको प्वाँख उम्रदै छ
पुतली प्रकाशको खोजिमा !
एस्तै छ  कथा
एस्तै छ कबिता
¨कथित¨ देश भित्र।

बिबेक गुमाएका
सिद्धान्तका पन्डितहरु
नयाँ नेपालका अभियन्ताहरु
फेरि बाटो भुल्दैछन्,
¨नेपाल¨ देश भित्र

धन्य गोर्खेहरु!
भेटिंदै छ आज सम्म
विश्व मानचित्रमा देश
खुशी यसैमा मनाउनु छ,
थाहा छैन भोलि
सिमान्तकृत पहिचान सँगै
सिमानाहरु कहाँ कहाँ पुग्ने हुन्?
बन्दी छ देश जहाँ
बन्दक छन् सिमित कानुन।
पिन्जडा भित्र स्वतन्त्रताको दिपावली
घर पोलेर खरानीको ब्यापार
यस्तै छ कबिता देशको
यस्तै छ रमिता देशको,,
घर पोलेर खरानीको ब्यापार
अन्यौलता र बैमनस्यताको भारी बोकेर
निस्केका छन् शहर र बस्तिमा भिडहरु
भिडको नेतृत्वमा छन्
जुँघे,चिम्से,छ्याके,काले
नाम गरेका महामहिमहरु।

धाक धम्की र दम्बले
चलेको छ प्रणाली होइन
धकेलिएको छ,
एक खटारोलाई झै,
हरेक गल्लिमा तमासा छ
रमिते छन्,
यस्तो लाग्छ
सरकार छ एउटा साधन जस्तै
बिक्छ अर्थशास्त्रमा लेखिए झैं
घिटघिटिमा अडिएको छ सार्बभौम
खुकुरीको धारमा छ सिङो देश
तर पनि गर्ब लाग्छ मलाई
आज मेरो देश छ,

जनता बकेर्ना, परन्तु दुइँदै छन्
गर्वमा नपुग्दै, बिधान तुइँदै छन् !
चुइँदैछन् आँसु, चुइँदैछन् छाना ती
विश्वाशभरोषा, नेपालीका कुइँदैछन्!!

----------
११ माघ २०७१,अाइतबार
स्पेन





No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...