Saturday, January 31, 2015

त्यो दिन


कान्तिपुर टेलिभिजनमा समाचार हेर्दै थियौं आमा एक्कासी रिसाउन्दै भन्नु भयो ¨यो मान्छेको अनुहार पनि मन पर्दैन मलाई, किन हो किन जतिखेर पनि रिसाइरहेको जस्तो मान्छे मार्ने र काट्ने भन्दा अर्को कुरो गरेको पनि सुनेको छैन।¨यद्दपी कोठामा म लगायत बुवा,भाइ र सानीबहिनी पनि थिई। समाचार पट्टिको ध्यान हटाउदै टेलिभिजनको स्क्रिन तर्फ आँखा दौडाएं तर नेपालको तेलिभिजन नै त पर्‍यो नि ब्यापारिक सन्देश अाइरहेको थियो। आमालाई सोधे ¨कुन पार्टिको नेता हो र आमा त्यो अघि तपाईंले भन्नु भएको मान्छे ?¨ ¨खोइ माओवादी हो कि खाओबादिको हो कुन्नि, फिटिक्कै मन पर्दैन¨नजानिदो तर एक किसिमको रोश प्रकट जवाफ थियो आमाको। नाम सुने पनि मैले माओवादी नेताहरुको अनुहार याद गर्दिनथे त्यसैले मन एक दम खुलदुल खुलदुल भाईरह्यो। आमा एक्लै बोलिरहनु भएको थियो¨आफु नखाइ नखाइ यिनैलाई चामलको भात त्यो पनि बेसाएको ख्वाइयो, आफ्ना नातिनातिना लाई भुइमा सुताएर यिनै के जातिलाई खाटमा सुताइयो। चुनाव पनि जिताइयो आखिर के पाइयो त सधैं नेपाल बन्द र मार्लान भन्ने पिर मात्रै¨। मैले पनि बल्ल कुरोको चुरो फेला पारें। रिस त उही कथित जनताको पार्टी, उत्पीडित जनसमुदायको पार्टी भनेर चिनाइएको पार्टिको रहेछ। 

¨बाबु तँ त थिइनस् देशमा हामीले के के भोग्यौं अहिले त सम्झदा पनि आङ जिरिङ्ग भएर आउँछ, न तैले कमाएको थिस् न पैसा पठाएको   थिस् सधैं आउथे कि त पैसा दे नभए सानो छोरो पार्टिमा पठाइ दे भन्थे, बुढो बाउ सधैं सामाजिक काम भनेर हिंड्नु हुन्थ्यो मलाई सधैं पिरलो¨ आमा भक्कानिनु हुन्थ्यो कहिले कहिले टेलिभिजन तर्फ धारेहात पनि लगाउनुहुन्थ्यो। ¨के भन्ने बाबु माडिको के जाती बांदर मुढे भन्ने ठाउमा बस पड्काए रे भन्ने सुन्दा त ५,६ दिन सम्म आङ्गमा घाम पनि लागेन, तेरो भाई काठमाडौंमा बुवा सधैं बाटो र नयाँ स्कुलको मिटिङ, कहिले लामा चोकमा मिटिङ कहिले गुरुङ चोकमा मिटिङ,,आफु समाचार नबुझ्ने आङनमा ओर्लन पनि डर लागेर आउंथ्यो। समसान्झै खाना खाएर सुत्नु पर्ने। कस्ता दिन पो भोगेम बाबु हामीले?¨ कहिल्यै पनि म सँग एती धेरै गफ नगरने मेरी आमा त्यस दिन धेरै कुरा गरिरहनु भएको थियो। मैले पनि एक मुठी शाहस बटुलेर सोधें ¨हिजोआज कस्तो लागेको छ त आमा¨? ¨ के ढांट्नु बाबु तंलाइ तैले जम्मा गरेका ठुलठुला किताब, बिपिको फोटो, चारतारे काङ्रेसको झन्डा मैले बुवाले पनि नथापाउने गरी उ बारीको थोत्रो इनारमा लगेर जलाई दिएँ। माउबादी नेतालाई गिरिजाले बार्ता होकी सार्तामा हो बोलाए रे भन्ने सुनियो, अब मान्छे मार्दैनन् रे भन्ने पनि सुनियो। तेरो हजुरबाउको पालादेखी राम्रा काङ्रेसलाई भोट् दिएको यही हातले मान्छे मार्ने पार्टी भने पनि अब त्यस्तो गर्दैनन् रे भन्ने सुनेकोले तिनैलाई भोट् हालियो।¨ त्यस दिन किन किन म एकोहोरो भएको थिएं, बुवा निदाएर घुर्न थालिसक्नु भएको थियो। भाई मास्टरको परीक्ष्या छ पढ्नु छ भनेर कोठा छिरी सकेको थियो। पल्लो कोठामा बहिनी र मेरी श्रीमती पोराना फोटाहरु हेरेर बसिरहेका थिए। मलाई भने आमाको कुराहरुले कतै घोचेको थियो भने कतै पोलिरहेको थियो। थोरै पानी पिएर फेरी सोधे आमालाई ¨ अब भोट् कसलाई दिनुहुन्छ त¨? वास्तवमा नेपालीहरुले देशको राजनीतिको बारेमा केही सुन्न र पाउने भनेकै चुनाव ताका मात्र त हो नि। 

¨भिता तर्फ हेर्दै (जहा बिपी,गणेशमान, के पी,शुवर्ण भएको एउटा क्यालेन्डर जस्तै फोटो हुने गर्थ्यो) खोइ अहिले कसैको फोटो राख्न मन लाग्दैन,भएका जलाई हालें मैले तिनैले मार्छन् कि भनेर, अब त कसैलाई पनि भोट् दिन्न, कसलाई दिएर के हुँदो रहेछ र? पहिला कमसेकम नुन तेलको अभाब त हुन्थेन अहिले त नुन र तेल पाउनु भनेको नि सुन पाउनु जस्तै भयो।¨ आमाको रिस मोरेको थिएन सायद। ¨ के गर्ने त्यो के जाती प्रचन्ड प्रधानमन्त्री भयो केही गरेन सधैं कुम हल्लाउदै मने र माने ,काम गर्न दिएनन् भन्छ रे। अस्ती ११ दिन बन्द गर्‍यो आखिर के पायो त त्यसले के पाएम त हामीले?¨ बरु गिरिजा नमरेको भए केही शान्ती त हुन्थ्यो कि,के हो के अब त ट्याक्सी लिएर आए पनि भोट् हाल्न गइन्न¨। आमाले यती कुरो गरिसक्दा पनि मेरो मनमा चाहिं आखिर को रहेछ त त्यो मनै नपर्ने सभासद आमाको मनमा भन्ने कौतुहलता भने यथावत नै थियो। 
.....
भोलिपल्ट बिहानको चिया पिउंदै पिलन्धरे रेडियोमा नेपाल दर्पण सुन्दै गर्दा खुसुक्क बुवालाई जिस्काउन्दै सोधें ¨बुवा तपाईंको पार्टिको आमालाई मन नपर्ने नेता को हो? हिजोबेलुका त निकै रिसाउनु भएको थियो।¨ ¨तेरै आमालाई सोध न¨बुवाले रेडियो कान नजिकै लैजान्दै भन्नु भयो। आमालाई नेताको नाम थाहा नभएर क्या!, मैले पनि केही नरम हुँदै भने। आमा पनि टुप्लुप्प अाइपुग्नु भयो हातमा अर्को चरणको दुध चिया लिएर। ¨कुन नेता हो बुढी तलाई मन नपर्ने मेरो पार्टिको?¨ (हाला कि बुवा एक समाज सेवी हुनुहुन्छ, सत्यताको लागि बोल्नुहुन्छ, लामो समय सम्म नेपाल शिक्षक संघमा आबद्द रहेर राजनीति भन्दा समाजसेवा गर्नु भयो र गरिरहनु भएको छ।) आमाले पनि केही सम्झे झै गरेर भन्न थाल्नुभयो ¨त्यो क्या रिसाएको अनुहार परेको प्रचन्डेको वरीपरी हुने, जुँघा पालेपनि कत्ती नसुहाएको, सधैं नमिठो र चर्को बोल्ने, बिद्रोह र क्रान्ति मात्र भन्छ नि हो त्यही हो।¨बुवा त एकछिन अवाक्क हुनुभयो,अलमल्ल पर्नु भयो। 

¨बत्ती आयो!!!!¨भित्र बाट शिव कराउछ, बिहानको ७ बजेको थियो क्यार,बुवाले मलाई ¨टि भि खोल्त आज पनि देखिन्छ कि त्यो नेतो ¨ भित्र गएर टि भि खोले नेपाल टेलिभिजन को प्रमुख समाचार आउँदै थियो , त्यत्तिकैमा खै कुन प्रसँग थियो आमा अल्ली चर्को स्वरमा बोल्नु भयो ¨बुढा उ!उ!उ त्यही मान्छे हो मलाई फिटिक्कै मन नपर्ने¨। कान्छी बहिनी पनि दौडदै अाइ र बुवाको बोलिमा मिसिदै एउटै आवाज आयो ¨
ए के रे अग्नी सापकोटा हो¨। 
----- 
आज एक्कासी मलाई त्यो दिन याद आयो। जब ई-कान्तिपुरमा ऋषिराम पौड्यालको लेख ¨उद्गम स्थलमै विद्रोह बिर्सिइँदै¨ पढ्दै थिएं। 

---------
१७ माघ, २०७१ 
शनिबार 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...