Wednesday, January 7, 2015

गजल जस्तै बांचेकै छ जिन्दगी

धेर थोर, बांचेकै छ जिन्दगी
आँसुपिडा, सांचेकै छ जिन्दगी

शहर् भित्र कै, बन पाखा´मा
हांगाबिंगा, भांचेकै छ जिन्दगी

अग्नि परिक्ष्या, धेरैपल्ट दिएर्
उत्तर् कापी, जांचेकै छ जिन्दगी

हांस्नु नाच्नु, जिन्दगी हो भन्दै
शोक् सुर्तामा, नांचेकै छ जिन्दगी

आफन्त् हो, पिर नमान मेरो
जे´भए नि, हांसेकै छ जिन्दगी

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...