Wednesday, January 28, 2015

लुकाएर हेर गीत

मलाई पनि त्यो नयनमा, लुकाएर हेर
भए मनमा पिरको गांठो, फुकाएर हेर

भित्ररहे बिष भन्छन रे, बाहिर् बगे आँसु
मोती बन्छन हतकेला´मा, सुकाएर हेर

ब्यर्थैकिन हो मोलमोलाई, नजोखिने प्रित
कस्तो हुन्छ आफ्नै सपना, दुखाएर हेर

ईन्द्रेणीका रङ्गफिका, तिम्रो सोर्ह सृङ्गार् बिनै
मुद्दा हाल्लिन् चन्द्रमाले, चुकाएर हेर

देख्न थालें आँफै लाई, तिम्रै आँखा भित्र
नपत्याए यी नजरमा, झुकाएर हेर


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...