Wednesday, January 21, 2015

आचिमा रमाउने सुंगुर,

आचिमा रमाउने सुंगुर,
----------------------
देख्नु भएन?, पढेका त सढेका यहाँ
साम्प्रदायिकतामा, हेर्नुस् गढेका यहाँ

न टेक्ने लौरो, न त डालो नै बाँकि राखे
जातियताको कस्तो, बुई चढेका यहाँ

औचित्यहिन छन आक्रोस् फुर्ती छ चर्को
अहमताको ज्वालाले नै छन् डढेका यहाँ

आचिमा रमाउने सुंगुर, थालीमा भात्!?
पच्दैन पच्दैन, ! नालिमा अढेका यहाँ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...