Thursday, January 1, 2015

गजल जिन्दगीमा

जोड्छु भन्दै थिएं, नाता जिन्दगीमा
खोल्छु भन्दै थिएं, खाता जिन्दगीमा

खुईले को बस्ती, कंगी को ब्यापार
किन हुन्थ्यो नाफा, घाटा जिन्दगीमा

हुनेलाई नै दिन्छ्, भगवान् ले पनि
भेटि´एन कैल्यै, दाता जिन्दगीमा

देशै मेरो आङ्गन्, आकाश भो छानो
त्यसैले त् ओढिन, छाता जिन्दगीमा

पढ्न बाँकी अझै, किताब् जिन्दगीका
उध्रंदै पो छन् आज्, गाता जिन्दगीमा

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...