Sunday, January 4, 2015

प्रेमपत्र






¨कालु¨
जीवन भरको माया,जुनिजुनिको साथ,

विश्वाश छ सबै भन्दा पहिला त माफ दिनेछौ किन कि तिम्रो प्रेमपत्रको जवाफदिन केहि ढिला भएं म। तिम्रा सवालहरु अप्ठेरा भएर होइनन् ना कि मैले तिम्रो मायाको अपमान नै गर्न खोजेको हुँ। केबल म हराएको थिएं तिम्रा नै प्रेमपत्रमा। बुझ्दा बुझ्दै धेरै गहिराहीमा पुगेछु आज बल्ल सतहमा अाइपुगेको छु कालु तेसैले, माफ गर ल। अझै थाहा छैन सुरुवात कहाँ बाट गरुँ म, के सम्बोधनले सुरुवात गरुँ? हुन त सुरुवात अघिनै गरिसकेको छु माथि नै, ¨ कालु¨। निरश लाग्थे हर मौशमहरु उराठ लाग्थे बनपाखाहरु पनि तर जब तिम्रो मायालु पत्र पढें या भनुँ हर बिहानहरु आफ्ना लागेका छन् हर साँझ मनोरम लाग्न थालेका छन्। खुशी छु म हरेक पलहरु हालाकी तिमी म बाट गणितिय र भौगोलिक दुरिबाट जती टाढा नै भएपनि सामिप्यताको आभास पाएको छु, आधार पाएको छु जिन्दगीमा त्यसैले त नदि-किनारहरु गुन्जिय झै लाग्छ, कोइली र मैनाले आँफै सँग गीत गाए जस्तो लाग्छ। मजुर मेरो तालमा र मेरो तालमा मजुर नाचेको छ जस्तो लाग्छ। देख्यौ म कति हराएको रहेछु थाहा छ तिमीलाई म टोलाउँछु रे आजकल, साथीभाइ एसै भन्छन्। 

सुरुमा त यस्तो लाग्यो कतै हुलाकिले नै त गल्ती गरेन, होइन रहेछ,बाहिर मेरै नाम र वतन कोरिएको थियो। केहिक्षण त म शिथिल भएँ कसले लेख्यो मलाई बेनामी पत्र? जहाँ आफन्त भन्ने नै कोही छैनन् जस्तो लाग्दथ्यो मलाई। तर तिमी जो एक अन्जान थियौ आज आफ्नो भन्न पाएं। तिम्रो नै पत्रले सामिप्यताको गोरेटो खन्दैछ होइन खनिसकेको छ। 

कतै सितलता पाउन नसकेका मेरा आँखाहरु जब तिम्रा प्रेम पत्रमा टक्क अडिन्छन् यस्तो लाग्छ सीत छ छ शब्दहरुमा प्रित छ अक्ष्यरहरु मा। रमाउन थाल्छ मन तिम्रा सम्बोधनहरु सँगै। लाली ओढेका मायालु भाखाहरुमा तिम्रा प्रेमपत्र गुनगुनाउन थाल्छु,सुम्सुमाउन थाल्छु किन कि यौवनका कैयौं गोरेटाहरु पार गरेपनि कसैले मलाई प्रेमपत्र लेखेका थिएनन्। भमराहरु नभुन्भुनाएका त होइनन् तर पुतलीले कहिल्यै मेरो सुवास् चाख्न खोजेन। पतझड र मरूभूमी मात्र सपना देख्ने मेरा बन्द आँखाहरुले आज यो यस्तो प्रेमपत्र सोच्नै सक्दिन,बिश्वासै लाग्दैन लागेको पनि थिएन, तर जब लिफाफा (खाम) खोलें,सम्बोधन थियो ¨कालु¨। हो विश्वस्त भएं कि यो कालु भन्ने शब्द लेख्ने अधिकार कसैलाई थिएन र छैन पनि।आज त हिजो जस्तो मेरो मन बहकिएको पनि छैन तर बहेको छ बगेको छ तिम्रा शब्दहरु सँगै। सागरका लहरहरु पछ्याए झैं म हरेक हरफ दोहोर्याई पढ्न थाल्छु। कतै अल्झिन्छु म नबुझेर भने कतै बल्झिन्छु म मायाको आभासले। लाग्छ बुझ्दैछु म बल्ल जीवन, जिन्दगी, सन्सार, माया, मोह तिम्रा प्रेमपत्रमा। दर्शन पाउछु मैले जीवनका भने आदर्श मिल्छ मलाई जिन्दगीका। कथित,मझधारमा थकित जीवन डुङ्गा खियाउने हौशला र प्रेरणा मिल्दैछ आज मलाई तिम्रा यिनै प्रेमपत्रमा। आबेग छैन इर्श्या छैन केवल समर्पण मात्र भेट्दै छु मैले निर्दोश सेता कागजमा निलो मसिले लेखेका तिम्रा प्रेमपत्रमा। अनुच्छेदहरु कबिता लाग्छन्, भन्छन् नि प्रेम मिलनका कबिता जस्तै। भन्न मन लाग्छ तिमीलाई कति चेपारे रै´छौ, कति साह्रै सिपालु रहेछौ माया पोख्न होइन कति निपूर्ण छौ तिमी जोखी जोखी मायाका फुलहरुले झटारो हान्न पनि। अहो कति लामो पढिसकेछु तर थाकेको छैन म थाकेका छैनन् मेरा आँखाहरु अझै। पढ्दै जान्छु म हराउंदै जान्छु म पग्लदै जान्छु भर्खर भर्खर पर्न थालेको हिउँ जस्तै, बिलाउँदै जान्छु म बिहानी किरण सँगै सीत सीत बनेर तर तिमीले लेखेका पत्रहरु सिद्दिएका हुँदैनन्। पल्टाउँदै जान्छु लिखित दर्पणरुपी  पन्नाहरु जहाँ म आँफै हुन्छु जहाँ मेरा चार आँखा जुध्छन् तंछाड्मछाड गर्दै पढिरहेका हुन्छन् तिम्रा मायाका शुशेलीहरु।

कालु रात छिप्पिसकेछ, हामीहरु भेट्ने समय पनि त हुन लागेछ त्यसैले अरु गन्थन पछि गर्नेछु है,,

उही तिम्रो कालु 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...