Saturday, January 10, 2015

गजल- सूनामी´भो बालुवाको

सुरुभो भो पुरानो खेल, जनता झुक्याउनेको 
घुम्दैन कानुनको सेल, जनता मुक्याउनेको। 

भन्दैमा हुनेभए हिजै, सिङ्गापुर बन्थ्यो देश  
गूड्दैन सहमतिको रेल्, भिडमा उक्साउनेको।  

जित उसैको हुन्छ यहाँ, जोजो सदैब जित्दछन् 
आँखा अगाडिको नै झेल, ढाड यो खुस्काउनेको।  

नदेखे हुन्छ लौ सपना, हामी नेपाली साराले 
पाक्दैन जनताको बेल, चुनौती फुस्काउनेको। 

अन्यौलताको यो भूमरी, सूनामी´भो बालुवाको  
निस्कंदैन माटोको तेल, मट्टितेल् बुक्याउनेको । 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...