Tuesday, January 13, 2015

गजल: छ जिन्दगी

जाल-झेल तनाबमा, छ जिन्दगी
कस्तो खेल धरापमा, छ जिन्दगी

बेहोशी बिहानी, रातको के कुरा
ठेलम् ठेल शराबमा, छ जिन्दगी

खुकुरीको धारमा,चल्दैछन् पाइला
कस्तो खेल धरापमा, छ जिन्दगी

भूमरी र सूनामी, पालै पालो आउँछ्
बाढि भेल दबाबमा, छ जिन्दगी

पत्याउनु हुन्न, सायद् हजुर् पनि
घ्यु´तेल अभाबमा, छ जिन्दगी
-----

एस बि पौडेल ¨आफन्त¨

via ekchin.com 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...