Monday, January 12, 2015

गजल कथा हो

यो त्यही पूरानो, शहरको कथा हो
लाग्दैछ बिरानो, रहरको कथा हो

चेपुवामा परे, बेगम बाद´साह
दुक्किले किचेको, दहरको कथा हो

मायालु छोडेर, परदेशको भूमी
संसार छाड्नेको, लहरको कथा हो

नमेटिने रै´छ, लेखा तक्दिर को
बिस्तारै भिजने, जहरको कथा हो

कसले सुन्ने हो, कान थुन्नेको भिड्मा  
आर्तनाद्´हरुको, कहरको कथा हो  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...