Friday, January 2, 2015

लजाउँदै एेनामा, नहेर् त्यसरी

गीत तिम्रै बगैँचामा, फूलेको हुन्थें म पुष्पका पत्रमा, खुलेको हुन्थें म 


टिपेर कहिल्यै, चुल्ठो सजाइनौ बाटोको छेवैमा, फूलेको हुन्थें म


चिनिनौ मलाई, घुम्टो ओढ्यौ झनै
भमरा बनेर, डुलेको हुन्थें म 


तिमी निदाउँदा, सिरानमा सधैं
सँगै सपनीमा, भुलेको हुन्थें म


पल्टाउदा हरेक, पन्नाहरु´मा
शब्द ति भाबमा, घुलेको हुन्थें म 


लाली ओठका, गाजल नयनका
अधर् अधरमा, फूलेको हुन्थें म


लजाउँदै एेनामा, नहेर् त्यसरी
नजर् नजरमा फूलेको हुन्थें म

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...