Monday, January 12, 2015

विश्वमा शान्ती फैलिरहोस्,

आजको मान्छे
बारुदको धुवाँमा नै, शान्ती खोज्दैछ
अभिशप्त खण्डहर लाग्ने भग्नाबेसमा
क्षतबिक्षत् आत्माहरु माथि, राजगर्दै
आफ्नो अस्तित्वको, लिलाम गर्दैछ

आजको मान्छे,
हो, आजका मान्छे, मुर्ख मान्छे
क्रन्दन चित्कारमा मिठो निदाउंछ
ठूलो स्वरमा एकताको गीत गाउँछ
जिउदा लासहरु सँग कपर्दी खेल्दै

आजको मान्छे
आजको मान्छे, असन्तुस्टि मान्छे
नर-भक्षी भन्दा अतियुक्ती नहोला
लुच्छ आँफैले आँफैलाई नुन छर्कदै
परन्तु अघाउदैन, आमालाई लुच्छ

आजको मान्छे
म पनि त हुँ आजकै मान्छे, छिर्छु
तिनै नर-भक्षीहरुको भिडमा, जहाँ
म´नि झण्डा बोकेर चिच्याउन थाल्छु
विश्वमा शान्ती फैलिरहोस्,!


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...