Monday, January 12, 2015

कसको नजर, लागेछ तिमीलाई

गीत
-----
कसको नजर, लागेछ तिमीलाई
म सँग नजर, जुध्दैन आजकल!

बाटो भूल्यौ कि, बसाइँ नै सर्यौ
जेगर्दा नि मन, बुझ्दैन आजकल!

परेला ओसिला, अनिदा रातहरु
झरिले त तन, रुझ्दैन आजकल!

भिडमा शहरमा, यी मेरा नयनले
तिमी सिबाय्, खोज्दैन आजकल!

अधूरा मधूरा, बितेका पलहरु
सपना हजारौं, रोज्दैन आजकल!

कसको नजर, लागेछ तिमीलाई
म सँग नजर, जुध्दैन आजकल!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...