Monday, January 12, 2015

कसको नजर, लागेछ तिमीलाई

गीत
-----
कसको नजर, लागेछ तिमीलाई
म सँग नजर, जुध्दैन आजकल!

बाटो भूल्यौ कि, बसाइँ नै सर्यौ
जेगर्दा नि मन, बुझ्दैन आजकल!

परेला ओसिला, अनिदा रातहरु
झरिले त तन, रुझ्दैन आजकल!

भिडमा शहरमा, यी मेरा नयनले
तिमी सिबाय्, खोज्दैन आजकल!

अधूरा मधूरा, बितेका पलहरु
सपना हजारौं, रोज्दैन आजकल!

कसको नजर, लागेछ तिमीलाई
म सँग नजर, जुध्दैन आजकल!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...