Tuesday, January 13, 2015

गजल पलक पलक नै हो

सुन होस् या पित्तल, टलक टलक नै हो
एक होस् या हजारौं, झलक झलक नै हो

नशामा जिउन आज्, पिउनु पर्दैन नशा
ओठ्होस् या नजरको, छलक छलक नै हो

नाच मजुरको, गला कोइली उसैको
राज´हाँसको छ चाल्, ढलक ढलक नै हो

केश् राशीमा हराउंदै, बादलु घुम्टोमा झनै
आँखामा लुक्न् पाउंदा, पलक पलक नै हो

भूलेर संसार मायामा, हराउँदा कुनै बेला
गम्लंग अंगालो´को, झपक झपक नै हो

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...