Monday, January 19, 2015

गजल चाहन्छु

तिम्रा ति नयनले, देख्न चाहन्छु
नजर् कै कलमले, लेख्न चाहन्छु

हजारौं छन चोट, मन भित्र त
प्रेमको मलमले, सेक्न चाहन्छु

आँखा लगाउँछन, चोखो मायामा
अंगालो मख्मलले, छेक्न चाहन्छु

बोझिला हुँदैछन, मेरा दिन् रात
बाचा ती कसमले, थेग्न चाहन्छु

अपांग भयो¨श्री¨ पिरतीमा आज्
लाठी यी रहरले, टेक्न चाहन्छु

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...