Thursday, January 1, 2015

सकिन हो सकिन

सकिन हो सकिन मैले बहरमा सकिन
महा-महिमहरुको यो, शहरमा सकिन

भ्यागुताको संसार कुवा आफ्नो त जंघार
फर्केर फेरि रमाउन, बगरमा सकिन

देउराली र भञ्ज्याङ्मा मन् बहकिन थाले
त्यसैले आउन डगर, डगरमा सकिन

नजिकिन्छन् सपना झैं भेट्टाउन मुस्किल
सागरका अनगिन्ती ति, लहरमा सकिन

खुली नयन सपना प्यारा लाग्छन् मलाई
हिजोआज निदाउन खै, प्रहरमा सकिन


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...