Thursday, January 1, 2015

सकिन हो सकिन

सकिन हो सकिन मैले बहरमा सकिन
महा-महिमहरुको यो, शहरमा सकिन

भ्यागुताको संसार कुवा आफ्नो त जंघार
फर्केर फेरि रमाउन, बगरमा सकिन

देउराली र भञ्ज्याङ्मा मन् बहकिन थाले
त्यसैले आउन डगर, डगरमा सकिन

नजिकिन्छन् सपना झैं भेट्टाउन मुस्किल
सागरका अनगिन्ती ति, लहरमा सकिन

खुली नयन सपना प्यारा लाग्छन् मलाई
हिजोआज निदाउन खै, प्रहरमा सकिन


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...