Wednesday, January 21, 2015

पानी माथिका ओभानाहरु

पानी माथिका ओभानाहरु, जिब्रा चपाउँ छन्
सहमती भन्दा असहमतीमा तिघ्रा ठटाउँ छन्

राष्ट्रका दलालीहरु, आमा काट्न तम्सिए पछी 
जनावर सम्सद भित्र, युवा बिदेश धपाउँ छन्

अचम्म हिजो रगतको खोला तरेर पनि अझै
उही नरभक्षी ब्वासा झै, मुखै लप लपाउँछन्

चड्नु पर्ने शिखर थियो अबन्नतीको ओरालोमा
शान्ती सिस्टताको सुमार्गमा खुटा कमाउँ छन्

आफु मात्र राज नेता बाँकी सबै प्रतिगामी रे
चाहना छैन संबिधानको किन नारा छपाउँ छन् ??

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...