Friday, January 2, 2015

गजल मनपरी छ जिन्दगी

खाली छैन आँसु, भरिभरी छ जिन्दगी
छाती पिटि पिटी, धरधरी छ जिन्दगी

अनुरोध् मेरो आज, किन गाली हुँदैछ
आँफु रित्तो उतै, परिपरी छ जिन्दगी

न धुलो न धुवाँ, जलेकोजल्यै छ यहाँ
चैत्´को खडेरी झै, चरचरी छ जिन्दगी

यस्तो लाग्छ मडा´रिँदै छ कालो बादल
डर लाग्दो छायां, वरिपरी छ जिन्दगी

न अध्यादेस् न, नजिर् दुर्घटना हुन्छ् कि
न नियम् न कानुन्, मनपरी छ जिन्दगी 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...