Thursday, January 8, 2015

गजल रमाउँछु

 गूदि चाहिँदैन, बोक्रामै रमाउँछु
रस पाइँदैन, छोक्रामै रमाउँछु

अट्दिन कतै म, ठुलोछ दुनियाँ यो
बाहिर् अाइँदैन, कोक्रामै रमाउँछु

नेपाल गए, कपाल सँगै भने´नी
पाश्चात्य् गाइँदैन, तोत्रामै रमाउँछु

मन उजाड छ, बन् उजाड छ यहाँ
भिम काटिँदैन, पोथ्रामै रमाउँछु

मजबुरीको नाम्, महात्मा गान्धी
नयाँ लाइँदैन, थोत्रामै रमाउँछु
---
भिम - ठूला रुख 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...