Saturday, January 31, 2015

गजल - अब

चुलो तातोस कि नतातोस, सडक तात्छ रे अब
सदन भन्दा, सडक बाटै, कडक तात्छ रे अब

उत्पीडित र जातिय बर्ग, मुखैमा झुन्डिय पनि
महल हुँदै, सर्बहाराको, भडक तात्छ रे अब

बिटामा बिकेका कथित ति, देशका खेतलाले नै
भन्दैछन् सुकिला मुकिलाका, तडक तात्छ रे अब

निर्नायक आन्दोलन थिए, भने पनि हिजोका ति
कहिल्यै नभएका देशमा, रडक तात्छ रे अब

रगत बगाउने छनक, नदेखाए हुन्थ्यो बिन्ती
चुलो तातोस कि नतातोस, सडक तात्छ रे अब

via  ekchin.com 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...