Thursday, January 15, 2015

म आफ्नो मुलुकमा छु

नसम्झ, म बिरानो, मुलुकमा छु
आजसम्म त आफ्नो मुलुकमा छु

मेरो पहिचान्, चाहिन्न मलाई अब
अहो! सुन्दर, सानो, मुलुकमा छु

मेरा हुन सिमाना, गोर्खेले कोरेका
सगरमाथा छ् छानो, मुलुकमा छु

भमरा हुँं म, माहुरी यही बगानको
नेपाल मेरो रानो, मुलुकमा छु

तोडेर तोडिन्न, भाई-चारा नेपाली
सम्पदा छ, पूरानो, मुलुकमा छु 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...