Sunday, January 11, 2015

गीत प्रेमको दिप झैं

सोध्दिन कहिले, आउँछ्यौ भनेर
विश्वाश छ माया, लाउँछ्यौ भनेर

गहिरी खेतमा, घांस् काट्ने निहुँमा
मलाई नै भेट्न, धाउँछ्यौ भनेर

आज जस्तै भोलि, रचेका गीत यी
रसिलो भाकामा, गाउँछ्यौ भनेर

अंधेरो जीवन् मा, प्रेमको दिप झैं
घाम जून बनि, छाउँछ्यौ भनेर

सोध्दिन कहिले, आउँछ्यौ भनेर
विश्वाश छ माया, लाउँछ्यौ भनेर

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...