सोध्दिन कहिले, आउँछ्यौ भनेर

विश्वाश छ माया, लाउँछ्यौ भनेर
गहिरी खेतमा, घांस् काट्ने निहुँमा
मलाई नै भेट्न, धाउँछ्यौ भनेर
आज जस्तै भोलि, रचेका गीत यी
रसिलो भाकामा, गाउँछ्यौ भनेर
अंधेरो जीवन् मा, प्रेमको दिप झैं
घाम जून बनि, छाउँछ्यौ भनेर
सोध्दिन कहिले, आउँछ्यौ भनेर
विश्वाश छ माया, लाउँछ्यौ भनेर
No comments:
Post a Comment