Monday, January 12, 2015

यो मन, मन जस्तै छैन, आज भोली

गुलियो थियो अमिलो छ
हलुका थियो बोझिलो छ
खुलाखुला घमाइलो थियो
एक्कासी यो ओसिलो छ

यो मन, मन जस्तै छैन, आज भोली

फुरुफुरु उड्थ्यो पुतली झैं
रसिलो थियो बिरशिलो छ
पुर्णिमा लाग्थे हररात मेरा
तर आज दिन धमिलो छ

यो मन, मन जस्तै छैन, आज भोली

हंसिलो थियो मुहार उस्तै
किन हो किन झुसिलो छ
शुशेली हालेर रमाउने मन
साथी भाइ सँग टसिलो छ

यो मन, मन जस्तै छैन, आज भोली

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...