Monday, January 12, 2015

यो मन, मन जस्तै छैन, आज भोली

गुलियो थियो अमिलो छ
हलुका थियो बोझिलो छ
खुलाखुला घमाइलो थियो
एक्कासी यो ओसिलो छ

यो मन, मन जस्तै छैन, आज भोली

फुरुफुरु उड्थ्यो पुतली झैं
रसिलो थियो बिरशिलो छ
पुर्णिमा लाग्थे हररात मेरा
तर आज दिन धमिलो छ

यो मन, मन जस्तै छैन, आज भोली

हंसिलो थियो मुहार उस्तै
किन हो किन झुसिलो छ
शुशेली हालेर रमाउने मन
साथी भाइ सँग टसिलो छ

यो मन, मन जस्तै छैन, आज भोली

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...