Wednesday, January 28, 2015

कबिता सिनो बन्दैछे

निर्लज्ज छन् ब्याधाहरु
गर्बिणी हरिण घाइते बनाएर,
पुरुशार्थको बिगुल फुक्दैछन्।
संगीन रोप्दैछन्,
यस्तो लाग्छ,
पुरानो रिषिबी थियो
त्यो निर्दोश हरिण सँग,
चोक्टा चोक्टाको आशमा
र्याल चुहाउंदै छन्,
भाब बिह्वल छ जङ्गल
घासपात हरेक बोट र बुट्यान
केवल ढुकढुकी बाँकी छ,
तर ब्याधाहरु
हतियार उधाउदैछन् ।

हेर्दा हेर्दै
ब्याधाहरु आँफैमा लड्न भिड्न थालछन्
कोहिलाई टाउको चाहियो
कसैलाई ह्याकुला
एउटा त चिच्याउदै थियो कि
मलाई फोक्सो कलेजो मुटु नभै हुन्न,
अर्को गरुङ्गो बन्दुक थेचार्दै भन्छ,
पहिलो गोली मैले चलाएको थिए
होइन शिकार खेल्ने योजना मेरो थियो
होइन होइन बन्दुक मेरो थियो
तनाब हुन्छ,
कोही हतियार चम्काउछन्
बुढो ब्याधा खोक्दै भन्छ
बुढो भएको नाताले मैले भाग लगाउन पाउनु पर्छ
अर्को च्यांठिन्छ
यो बन मेरो ईलाकामा छ
त्यसैले मैले भनेको जस्तो हुनुपर्छ
होइन भने यहाँ
शिकारी कै शिकार खेलिने छ,,
निर्धो कमजोर देखिने ब्याधा एक्लै गुनगुनाउदै छ
म किन खुट्टा र आन्द्राभुन्डी मात्र खाने नि ?
अहँ हुँदैहुदैन मलाई पनि
ह्याकुला र भित्रि भाग चाहिन्छ
अवस्था झन झन कठिन हुँदै जान्छ,
कुनै ब्याधा पनि टस को मस हुँदैनन्
कठै, गर्बिणी हरिण
प्याक् प्याक् थिई,
कति भक्षि छन् जिउदा ब्याधाहरु
कि जिउदो जिवको
मासुको भाग लगाउंदै छन्,
तर पनि सन्तुस्टी छैनन्
झुन्ड झुन्ड सल्लाह गर्छन्
नतिजा आउँदैन,
रात पर्दैजान्छ
छिप्पिदै जान्छ
बिहान हुन्छ
तर ब्याधाहरु
निर्लज्ज ब्याधाहरु
वहि हुन्छन्
बिद्रोह गर्छन्
एक आपसमा धम्क्याउंछन्
के थाहा त्यो
हरिण अब छिट्टै नै सिनो बन्दैछे !!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...