Thursday, January 8, 2015

गजल जित सँगै हार, भए जिन्दगीमा

छोटामिठा प्यार, भए जिन्दगीमा
साथी भाई यार, भए जिन्दगीमा

कहिले एक्लोदुक्लो, कहिले भिडमा
दुई आँखा चार, भए जिन्दगीमा

छिर्केहान्ने आफ्ना, खुट्टातान्ने दुश्मन्
करौँती´का धार, भए जिन्दगीमा

भबि-तब्य बिनै, यहाँ सम्म आएँ
सुख् दु:खनै सार, भए जिन्दगीमा

कहाँ गयो अतित्, कस्ले मेट्यो सारा
जित सँगै हार, भए जिन्दगीमा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...