Tuesday, March 3, 2015

रङ्गका लहर आए

प्रेम प्रकाश पौडेल 
रामपुर, चितवन
--------------------
¨फागु¨का सागरमा हेर्नु, रङ्गका लहर आए 
दल्दै राता पहेंला निला, दङ्गका लहर आए 

बाषन्ती मन्जरीमा यहाँ, कोइली ती रमाउंदै 
भिजाउदै चोली मुहार्, उमङ्गका लहर आए 

बुढ्यौलीले त छोएजस्तो, लाग्दैन है मित्रहरु 
मिठो लाग्ने पुर्णिमा कै, मङ्गका लहर आए 

भुलेर सारा अतित ती, मिलनका फुलबारिमा 
खेलन आङ्गनीमा, साथी सङ्गका लहर आए 

आउ खेलौँ बाढौँ खुशी, संस्कार् अात्मियताको 
अनेकौं रङ्ग सङ्सँगै, रस-रङ्गका लहर आए 
----
मङ्ग (बासना) 

मेरा सम्पूर्ण इस्टमित्रहरु, साथीहरु, विध्यार्थीहरु लाई फागु-पुर्णिमा को अग्रिम शुभकामना 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...