Monday, March 2, 2015

भेट्छौ साथी

खोज मेरा कबितामा,¨देश¨ भेट्छौ साथी
पशुपतीले जोगाएको, अबसेश भेट्छौ साथी

खन्डहर र मैदान, बन्दै गयो देश प्यारा
बेनी र बांदरमुढेका, भग्नावेश भेट्छौ साथी

सिद्धाएर अस्तित्व आफ्नै,पहिचान खोज्दैछन्
खुलामन्च,बानेश्वरको, परिबेश भेट्छौ साथी

बोक्नु छैन बन्दुक अब खेल्नु छैन परेड पनि
बन्दुक छाड्ने युवाहरु, परदेश भेट्छौ साथी

रोश छ आक्रोश छ दबिएका मुट्ठीहरु हाम्रा
बेरोजगारीमा भौंतारिंदा ठेश भेट्छौ साथी   

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...