
त्यही एक हांसो, काफी भो सानु
जहाँ लाखौं गल्ती, माफी भो सानु
डिल´मा बसेर, दिलमा राज् गर्यौ
पुरानो याद जो, साथी भो सानु
चोरेको थिएँ त्यो, चालै पाइनौ
फर्काउँ कसोरी, बाँकी भो सानु
रातमा सपना, दिन् त घामको
प्रहर् प्रहरमा, नापी भो सानु
त्यही एक हांसो, काफी भो सानु
जहाँ लाखौं गल्ती, माफी भो सानु
No comments:
Post a Comment