Monday, March 9, 2015

डाम्नाहरु: गजल जस्तै

बागडोर चाहिएको छ, भगुवाहरुलाई नै
लुजमोसन भएको छ, अगुवाहरुलाई नै

निम्ता भए भो, श्राद्ध होस् कि तेर्ह दिने
नशाले कहिल्यै पुग्दैन, मतुवाहरुलाई नै

भत्ता टिएडिए तलब, खाजा खर्च सरकारी
पेट्रोल् पिउनु पर्छ अझै, भतुवाहरुलाई नै

निर्लज्ज छन् कट्टुले नाक, ढाकेका डाम्नाहरु
ज्यानको खतरा छ उनै, फूकुवाहरुलाई नै

घरमा चोर पस्दा मस्त, कुइंकुइं पनि छैन
छिमेक´मा दौडनु पर्ने, भुकुवाहरुलाई नै

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...