Wednesday, May 27, 2020

खुल्ला छन् सडक र पनि, जिन्दगी रोकिएको छ

खुल्ला छन् सडक र पनि, जिन्दगी रोकिएको छ
टिप्दैछ टपटप समय जहाँ'जहाँ यो पोखिएको छ 

चिन्दैन आफ्नै शहरले, छिमेकिका काला पर्दाहरु
जिन्दगी सङ्ग नै जिन्दगीको, मतलब् सोधिएको छ

जात्'धर्म धनी गरीबका, पर्खाल भत्किए पनि अझै
सामाजिक दुरी नामक, त्यो धर्सा कोरिएको छ

खुशी छ त्यो आकाश, झनै चोखो छ धर्ती पनि 
बन्दी छ जीवन, जीवन यात्रा कता मोडिएको छ

डर छैन केहीको दुनियाँमा, हरकोही सङ्ग डर छ
हेर्नुस् न हजुर मृत्‍युसङ्ग पो, सम्बन्ध जोडीएको छ 

Tuesday, May 26, 2020

मौनता भित्रका कहरहरु

मौनता भित्रका कहरहरु
नितान्त नि:शब्द छन् लहरहरु
र पनि धेरै बोलिरहेका हुन्छन्
किनार सम्म आएर अस्तित्व मेटाउनु पर्ने 
आफ्नै बिवसता झेलिरहेका हुन्छन्
मान्छे त्यही लहर सङ्गै दौडन खोज्छ
कति सजिलै भन्छौं शान्त सागर
तर के थाहा
त्यो शान्ति भित्रका हुन्डहरहरु
आन्धी, तुफान, चक्रपात,
अनि सूनामी पनि।
ब्यस्त लाग्ने यो सामुन्द्री किनार
आज निकै मौन छ
एस्तो लाग्छ
म सङ्ग केही भन्न खोज्दैछ
अनि म केही त बुझेको झैं गर्दै
परबाटै त्यो मौनतालाई नियाल्दै
हिडिरहेको हुन्छु।

कस्तो कोरोना जन्मिस

टपक्क टिपेर, कट्याक्क टोक्न पनि नमिल्ने
उ त्यही हो निशानामा, गोली ठोक्न पनि नमिल्ने ।।

कस्तो कोरोना जन्मिस, ए पापी यो दुनियाँमा आज
जिब-जन्तु नै त हो नि, भनेर बोक्न पनि नमिल्ने ।।

मान्छे मान्छे बिच दुरी,आफू अदृस्यमा लुकिस् है
एसो घाटी खसखसायो, लौ खोक्न पनि नमिल्ने ।।

एति धेरै मान्छे मारी सकिस, कहिले अघाउछस
न धार्ने छस् न किलो, अधर्मी जोख्न पनि नमिल्ने ।।

तलाई पूजा नै गर्थें बाचुन्जेल, सर्लक्क संसार छोड
पापिस्टलाई छुट्टै स्थापना गरी, ढोग्न पनि नमिल्ने ।।

stay safe all.#covid19

Monday, May 25, 2020

सरकार मेरो चितामा आगो लगाइदे ।।

एस्तो लाग्छ, हिजोआज
नाफामा चलेको छ जिन्दगी
मृत्‍युका दाउपेचहरुलाई जित्दै,
त्यसैले त,
मुर्दाघाट सम्म कसैको सहारा चाहिन्न अब 
घाट वरपरका भिजेका मुढा थुपार्न सक्छु,
आफ्नै चिता बनाउन सक्छु
चिता माथि लम्पसार भएर
सरकारलाई बोलाउन सक्छु
कि सरकार
मेरो चितामा आगो लगाइदे ।।
कमसे कम
रोग भोकले त म मरिन
म आफ्नै आँफैले बनाएको चितामा
डढ्न चाहन्छु
न मलाई कुनै कात्रो चाहिन्छ
न मलाई गोहिका मलामी नै
बस सरकार मेरो चितामा आगो लगाइदे।। 

Wednesday, May 20, 2020

केही कविता


'खुशी'

बिचार बिचार बिचका अन्तरद्वन्द
सोँचाई सोँचाई बिचका अभ्यासरत युद्ध
आखिर युद्धहरु नै त हुन्
जो कोही पनि जित्न चाहन्छन्,
बत्तिसङ्ग पुतली त हार्न चाहन्न भने
यहाँ कथित मान्छेहरु
कतै हार स्विकार्नै चाहन्नन्।
भन्छन् समर्पणमा खुशी मिल्छ
तर तत्पर नै हुँदैनन्
समर्पणका लागि,
अनि फेरी त्यही मान्छे
खुशीको लागि भौंतारिन्दै हुन्छ 
-------------

बिचरो कलम
आखिर बङ्ग्याई छाडे
बाङ्गा सोच भएकाहरुले
-------------------------
सोंच गलत
बिचार  गलत
अनि त्यो भन्दा गलत
दृष्‍टिकोण
सब गलत
ठीक त म मात्र रहेछु । 

Saturday, May 16, 2020

मृत्‍युका खबर छन् अखबारमा

आजभोलि, मृत्‍युका खबर छन् अखबारमा
कालले भन्दा त, हतासले धेरैमरे बजारमा !!

जिउँदो को नै पो छन्, नमरेकाहरु यहाँ
हिजोका तिनै घाईतेहरु, जीवनका टकरारमा  !!

दासत्वमा बाँचेकाहरुले, गूलामीको भजन गाए 
रेटिन तयार छन् उनै, महाराजका तरवारमा !!

कहिले महङ्गीले मरे, कहिले सपनाले थिचेर
थाहाछैन, के छ, के छैन त्यो हाम्रो सरकारमा !!

म भन्छु एउटा मृत्‍युले, त्यो काल पल्काउँदैन
गोर्खे भोटे ताल्चा ठोक, सिमाका गजबारमा  !!

Thursday, May 14, 2020

गिती गजल

आउन नजिक आईबस तिम्रो बात, सुनिरहुँ लाग्छ
बातै बातका एउटा जाली-रुमाल, बुनिरहुँ लाग्छ ।।

मन उड्छ त्यो बादल माथि, तिमी टाढा हुँदा
जुनिजुनि लाखौं जुनि तिमीलाई, चुनिरहुँ लाग्छ ।।

ईनार खनुँ लाग्छ कहिले, कहिले नहर खनुँ
पानी बनाई तिम्रो माया सदैब, थुनिरहुँ लाग्छ ।। 

मुस्कुराउँदा बतास चल्छ, हाँस्दा दन्तेलहर 
हर शुशेलीमा गीत गुन्जन, झुमिरहुँ लाग्छ ।।

फैलाउँदा बाहुहरु त्यहिंभित्र, हराएँ झैं हुन्छु
यादहरुमा फेरी तिनै तस्बिर, चुमिरहुँ लाग्छ ।। 

बातै बातका एउटा जाली-रुमाल, बुनिरहुँ लाग्छ
जुनि-जुनि लाखौं जुनि तिमीलाई, चुनिरहुँ लाग्छ ।।

Monday, May 11, 2020

सिमाना मिचिदा यो मन धेरै रुने रहेछ


कविता

के साँच्चै?
गोर्खालीका खुकुरी भुत्तिएकै हुन् त?
के वीर बलभद्रहरु थाकेकै हुन्?
कि जन्मिन छाडीसके यो देशमा
नालापानी र खलङ्गामा लडेका सपुतहरु?
के रामशाह का सालीक भत्केकै हुन्?
के न्याय बिकेकै हो? 
हैन भने पटकपटक
आफ्नो सार्वभौममा दुशमनहरु धावा बोल्दा पनि
किन मौन छ यो देश अनि सरकार?
किन नतमस्तक छन् देशका सिपाहीहरु?
बुद्धको बुद्धत्व लिलाममा राखेर
किन मौन छ लुम्बिनी आज?
हार्न नजानेको ईतिहास बोकेका नेपालीहरु
हटेर हैन डेटर लड्ने
नेपालीका शीरहरु किन झुकाइँदैछन्?
कतिसम्म दासत्वलाई स्विकार्छौ?
ए कथित राष्ट्र नेताहरु हो?
के यो देश केवल
तिम्रा बाद र तन्त्रका लागि
प्रयोगशाला हो?
देश भित्र बन्दुक बोकेर लड्ने
ए लाल सिपाहीहरु हो!
कहाँ छौ आज?
झापामा मान्छे काट्नेहरुको खुकुरी खै?
बेनी, म्याग्दीमा पड्किएका बन्दुकहरु
के खोलाले बगाएकै हुन् त?
टुक्रे महाराजहरु निदाएकै हुन् त?
सम्सदमा टेबल ठोक्ने थापाहरु     
बाटोमा एम्बुस थाप्ने भाईइहरु
आज कहाँ हराए ?
रगत उमाल्ने भाषण गर्ने नायकहरु 
भान्छा घरमै सिमित भए त?
धरणिधरका कविता बिर्स्यौ?
के पढाउछौ भोली छोरीलाई
मानचित्रमा हाम्रो अस्तित्वनै नरहे पछी?
आज पनि स्वदेशी मन र नजर नरोए पछी ?
कति बिदेशी लङौटीका झन्डा मात्र बोक्छौ?
के चन्द्र सुर्य अन्कित झन्डाले पोल्न थालएकै हो ?
हैन भने कहिले सम्म
काङ्रेस, कम्युनिस्ट, मधेसी बनेर बस्छौ
किन बन्न सक्दैनौ
एक नेपाली
एक गोर्खाली
ए हिजोसम्म
पहिचानका राग ओकल्नेहरु हो
कता हराए तिम्रा बुलन्दीहरु?
कहिले सम्म
कात्रा चोरहरुको पछाडी दौडन्छौ?
बाँकी रहेको थोरै सार्वभौम जोगाउनु छ
त्यसैले जुटेर उठौं
नेपाल नै नरहे नेपाली हामी कसरी रहौंला ??

जय नेपाल जय मातृभूमी

श्रीभक्त पौडेल "आफन्त" -



Friday, May 8, 2020

मन नै बहकिन खोज्छ

कति कमजोर अनि कोमल छन् है मनका तन्द्राहरु? साना हावाका झोकाले पनि तर्सने,अलिखित जीवन
कहानीहरुलाई आत्मसाथ गर्दागर्दै पनि निकै भावुक हुन पुग्ने यो मन, आखिर के ले बनेको होला? कहर, आर्तनाद, क्रन्दनहरुलाई पनि कति सजिलै आफुमा समेटी ओठहरुलाई मुस्कुराउन सिकाउने मन के साच्चै नै कोमल छैन त? कहिले जीवनका आँधिबेहरी कहिले सूनामीहरु त सजिलै थामेका परेलीहरु हिजोआज केही मलिन लाग्छन जब एना हेरेर मुस्कुराउन खोज्छु म। सायद केही थकान होलान केही बिवसता उसका पनि हैनन् र?अबस्य पनि दुनियाँ मृत्‍युसङ्ग लडिरहेको छ कथित कोभिड १९ भाईरस सङ्ग अनि मन आँफैसङ्ग। थाहा छैन अझै कति दिन क्कती हफ्ता अनि महिना अझै यसरी बन्दी बनेर बस्नु पर्ने हो? आकाशमा अन्श बण्डा गर्नेहरु, चन्द्रमामा घडेरी किन्नेहरु अनि मङ्गल ग्रहमा बस्ती बसाल्नेहरु सिमित कोठिमा बन्दी छन्। आखिर कहाँ गए ती सब घमण्ड, पैसा, सौरत। एस्तै सम्झिएर मन लाई बुझाउन खोज्छु। गीताका सार सम्झन्छु, पिउरीका बत्तिहरु बाल्छु, अनि यसरी नै मन भुलाउन लेख्नेगर्छु। आखिर मन नै बहकिन खोज्छ सायद त्यसैले पनि भनिएको होला मन चन्चल हुन्छ, स्थिर हुँदैन।

सामाजिक दुरी राख्छु भन्दाभन्दै थाहाछैन कतिटाढा जादैछौं हामी। यस्तो लाग्छ आजको यो दुरिले कतै पूराना सामिप्यताका अङ्गालाहरु सधैंका लागि रित्तो त बनाउदै छैनन्। के थाहा भनिन्छ नि बानी परेपछी। 

घाम पनि जल्छ सानु !!

नचुँड न कोपिलामा, फुले देखि फल्छ सानु
चुन्ड्यौभने त्यसको जीवन, के गरेर चल्छ सानु!!
(मतला शारदा पौडेल दिदी )

हुर्कन देउ देख्न देउ, जीवनका सौन्दर्यता
मलजल् गर्दैगर बरु, हैन भने ढल्छ सानु !!

एक थुङ्गो फूल काफी, प्रेमका ती प्रस्ताबमा
आजको त्यो कोपिला, भोलि कतै बल्छ सानु !!

पर बाट हेर मात्र, नचुँड्नु भो पाप लाग्छ
अपबाद छ पारीजात,बिहानीमा खस्छ सानु !!

कोमलताको परिभाशा, फक्रिएको फूल अरे 
फूल हेरी आकाशको, घाम पनि जल्छ सानु  !!

गजल

नबस न नयन भित्र, बस्यौ भने झर्न सक्छौ
आँसु सङ्गै खस्यौ भने, अलपत्र पर्न सक्छौ  !!
(मतला: शारद पौडेल)

बषन्तको याम हेरी, फूलैफूलको गजल लेख
माया-प्रेमको बगानमा, पिरती नै छर्न सक्छौ !!

भावना त भावना नै हुन्, शब्दका चयनभित्र
परेली'बाट खसे पनि, अन्जुलीमा भर्न सक्छौ !!

अजम्बरी हुन्छ भन्छन्, चोखोमनका प्रितहरु
धोकाधडी र अबिश्वास, गर्यौ भने मर्न सक्छौ !!

जिन्दगी त जुवा रैछ, हारजीत् स्विकार्नु पर्ने
जित्यौभने तिम्रो भएँ, मनले  चाहे गर्न सक्छौ !!

श्रीभक्त आफन्त  

प्रेमका बात बिक्दैनन् !!


     कहिले दिन, कहिले रात बिक्दैन
हिजोआज त, प्रेमका बात बिक्दैनन् !!

बजारिया भए रे, प्रीतका नजरहरु
बेहोशीमा भए, सबै मात बिक्दैनन्!!

हराएछन् कोईली, कहाँ गए न्याउली
गाउँथे विरहमा, ब्यथा घात बिक्दैनन् !!

भेटिन सम्बन्धमा, जरो खोतल्नेहरु
बाँकी रहेका, बोटमा पात बिक्दैनन् !!

लिलामीमा हुन्छन्, मनमुटु चर्कने छाती
हिजोआज ति, खातका खात बिक्दैनन्!



म सान्झ / अनि उनी प्रकृति छटा fb posted









के लेख्नु र खै
कपासे बादल माथी
निलो आकाश।
--
पवित्र मन
कन्चन नयनमा
सौन्दर्य बोध।

------
म सान्झ अनि उनी
प्रकृति छटा
---------
आउन, तिमी र म पनि तालमेल गरौँ
पिरतीको नाममा,थोरै जालझेल गरौँ
किन गर्छौ यो दुनियाको परबाह अब
देख्दैन दुनियाले आफै पासफेल गरौँ !!
------
भाषा फरक परेर के भो, भावना एउटै हो रे
सागर पुग्ने नदिहरुको,,,, चाहना एउटै हो रे !!
-------

लाठी-चार्ज सम्म त ठिकै थियो



लाठी-चार्ज सम्म त ठिकै थियो
आज छातीमा नै कर्फ्यु चलायौ
अमुक ओठहरुलाई बन्द अनि
बेचैन मनलाई नजरबन्द बनायौ
राहत दिन्छु भन्दै थियौ आखिर
जिन्दगीमा केबल आहत बढायौ ,
गुमनाम थिए आफ्नै बस्तिमा म
के को बदलामा, बदनाम बनायौ??
सामिप्यतामा त चुरी बज्न दिईनौ
दुरीमा बसेको बेला, छुरी चलायौ
नियतमा खोट नजरमा प्यास रहेछ
त्यसैले त बन्जरमा कुवा खनायौ।।
न दिल जलेको छ न मुटुमा आगो
र पनि यो जिवनमा धुवाँ खन्यायौ

Sunday, May 3, 2020

गजल ५

पहिलेभन्दा आजकाल उनको, बोलाई नै बेग्लै छन्
मायामा त परिनन्! एकोहोरो, टोलाई नै बेग्लै छन्।।

भन्छिन् निद पर्दैन अनि, एकान्त प्यारो लाग्छ अरे
च्व कालादाग सुन्दर नयनका, लोलाई नै बेग्लै छन्।। 

केहीभूले जस्तो केहीसम्झे जस्तो, केके पो हो कुन्नी
देख्छु हिंड्दा हिंड्दै पाईलाका, रोकाई नै बेग्लै छन्।।

सृङ्गार गर्छिन् घरिघरी, घरिघरी, कपडा फेर्छिन् उनी 
भुतुक्कै हुन्छ दर्पण ती ओठका, टोकाई नै बेग्लै छन्।।

उफ् कत्ति सुवाएको ओठमा लाली, त्यो कालो गाजल 
टिपीक्क चौबन्दीमा पाखुरीका, डोलाई नै बेग्लै छन्।।

Saturday, May 2, 2020

निर्विकल्प जीवन कविता

कल्पना पौडेल आचार्य 
सान सेबास्टियन, स्पेन 

कहर भित्रका रहरहरु माझ हुन् चाहे
बैकल्पिक कन्क्रिटका शहरहरु माझ हुन् 
यहाँ त्रास अनि त्रासदी बिच पनि
एक फूल सदैब मुस्कुराईरहन खोज्छ
जुधिरहन खोज्छ हरेक
भवितब्यका यामहरु सङ्ग
मुर्झाउन चाहँदै चाहन्न कहिल्यै
फूल न हो अनेकौ
रङ्ग अनि सबनमले सिङ्गारीन खोज्छ
बाहिरी दुनियाँ लडिरहेको छ
कोरोना कि कोभिड १९ सङ्ग
तर यो बन्द कोठाको फूल
आँफैलाई सिङ्गार्दै बस्न खोज्छ
अनि आत्मसाथ गर्न खोज्छ
आफु र आफ्नै अस्तित्वको।
बोध,गुण,दोश
आफ्ना अनि दुश्मन छन्
र पो फूल, फूल भएको छ
नत्र यो पनि
निर्जिव तत्व हुन्थ्यो होला नि   
हैन र?
कल्पना प्रतिप्रश्न गर्छे आँफैलाई
किन कि आजको फूलको बोध
भन्नु नै जीवन हो,
सुन्दर जीवन
केबल, फूल शब्द चयन त
उपमा मात्र थियो।
आखिर किन?
यति धेरै भावुक बनाएको छ
जीवन प्रति,
हिजो पनि त बाँचेकै थियौं नि
निर्बाध,
निर्बिकल्प
नि:सन्देह
तर हिजोआज एक्कासी
किन यति धेरै मोह जागेको छ
यस जीवन प्रति?
पहिले पनि नभएका हुन् र?
जीवन मोहहरु?
निचोड निकाल्न सक्दैन मनले
परन्तु,
बास्तविकता यही नै हो,
जीवन केही तर्सिएको छ
जीवनकै भवितब्य मोडहरु सङ्ग
जिन्दगीकै अभिशप्त खण्डहरहरु सङ्ग
अनि असहज मृत्‍युहरु सङ्ग।
अकाट्य छन्, स्व:दर्शनहरु
कि जीवन फूल नै हो
सौन्दर्यताले भरिपूर्ण
असहज मृत्‍युहरु त केवल बहानाहरु नै हुन्
केही जीवन सुस्ताउन चाहन्थे।
अहो! कति गहिराइमा पुगेछु।
    

सलल बगेकी नारायणी नदी nostalgic



सलल बगेकी नारायणी नदी
नदी किनार
पूरानो झनझनेखड्खडे घाट पारी नवलपरासी जिल्ला
आमाहरुले दाउरा , घास गर्ने पखेराहरु
सालको पात अनि रातोमाटो लिन जाने
मुकुन्दपुर, थुम्सी हर्कपुरनजिकका बन
नजिकै देखिने मौला कालिका मन्दिर
फेदिमा जिर्ण भृकुटी कागज कारखाना
पश्चिम देउचुली बर्चुलीको काख
अहो कस्ता रमाइला थिए ती बालपनहरु
गाउँका अन्कलहरुको पछि लागेर
गाई गोठाला गएका पलहरु
दबदबे, सिसौका झिर्काहरुको टाउके भारी
बयरका काडाले चिथोरेका चहर्याईहरु
साच्चै नै नोस्टाल्जिक ले पिरोलेको छ आज।
४७/४८ सालतिर
तटबन्दको लागि ढुङ्गा बोकिएन कि
चिउरा चिनी खाजाको लोभमा
अहिलेको भङ्गेरी स्थानमा
कैयौं पटक बनभात खाइएन कि
अझै बिर्सिन सक्दिन
झनझने जङ्गलमा खोजीखोजी खाएका
दहिकम्लो।
अनि आज
पर देखिएका हिमालहरु
सायद लम्जुङ्ग र गोर्खा हिमाल
पहिले त बादल र तुयालोले देखिएन् पनि
,,,,,,,,,,
धन्यवाद सर Basanta Kumar Thapa sir अनुमती बिनै हजुरले लिनुभएको तस्बिर एतापनि राखे है। पूराना याद ताजा भएर आए

समयको अन्तरालमा, शहर नआएको !!

धेरैभयो उनको नामको, खबर नआएको
ति सागरमा किनारसम्म, लहर नआएको !!

खडेरीले चिरा परे, जवानीका गरा हजुर 
बाँधहरु भरिएपनि किन, नहर नआएको !!

उदासी मात्र भेटिन्छन्, मधुशालामा साँझ
बेहोशीमा होहल्ला भित्र, कहर नआएको !!

एक्लै बग्थ्यो नदी कठै, खहरेले भुलेपनि
लामै भयो आफन्त पनि, बगर नआएको !!


अतिभयो कोठाभित्रै, ऐना हेरी हासिरहदा
यो समयको अन्तरालमा, शहर नआएको !!

fb posted quick

यो कस्तो हो के हारको राजनीति
छि देख्दा लोकाचारको राजनिती

सधैं डुबानमामात्र देश किनार छैन
साच्चै किन मझधारको राजनीति


बोझ भैसक्यो फापेन कुनै तन्त्रहरु
एस्तो लाग्छ यो भारको राजनीति

एसले त केही गर्छ कि भनेको त
उसैको झन् तीन धारको राजनिती???

Friday, May 1, 2020

गजल ४

कोही छ यहाँ बताईदिने, देश कसरी चल्छ हजुर
कानुन छैन अदालतमा, केस कसरी चल्छ हजुर?

अपाङ्ग हुँदै गा´छ सरकार, मैदानको घोडा जस्तै
यस्तो बेलाँ बिरोध मात्रै परि'बेश कसरी चल्छ हजुर?

प्रतिपक्ष अबरुद्धमा मस्ती, सत्तापक्ष त कठै बरा
युवा शक्ती बिदेश तिर स्वदेश कसरी चल्छ हजुर?

दौरा सुरुवाल र पटुकी बिर्सी टाइ सुट कसे पछी
लौ त देश अनुसारको , भेस कसरी चल्छ हजुर?

हर पाइलामा ठेस लाग्छ हर गासमा ढुङ्गा हजुर 
लौन मलाई बताइ दिनुस् देश कसरी चल्छ हजुर??

गजल ३

जे जे हुन्छन् यहाँ, रातारात हुन्छन्
अङ्गालोमा झन्धेरै, अन्तरघात हुन्छन्

सत्ताको प्यास, नमेटिने भो कहिल्यै
त्यसैले सरकार, ढाल्ने बात हुन्छन्

बिर्सियौ जन हो? कुकुरका माझ हड्डी
हड्डीकालागि जिन्दाबाद मुर्दाबाद हुन्छन्

किन कि यो नै, राजनीति हो साथी
तबतब त, महामहिम् बर्बाद हुन्छन्
-----------------------
जे जे हुन्छ! हुन्छ यहाँ, रातारात हुन्छन्
हामी सोझा जनतामाथि, बज्रापात हुन्छन्

गजल २

हिजोआज त के गर्नु खै, जिन्दगीका कुरा साथी
गन्तब्य नपुगी छाड्दैछु, जीवनयात्रा अपुरा साथी 

बाँच्नु मात्रै भयो आखिर जिन्दगी,गुनासा छैनन् है
सन्तुस्टका नाटक, सपना न पुरा न अधुरा साथी

जिन्दगीलाई हिसाब बनाएँ, जिन्दगी जिउने निहुँमा
गणितका चिन्ह हराएँ, पुगें काशी न मथुरा साथी

के पायो त्यो कहिल्यै नपिउनेले, मैले नशा चाखें
त्यसैले त बेहोशीमा, के उज्याला के मधुरा साथी

समयले नै रेट्नथाले यहाँ, जिन्दगीका गला भने
भन्नुस् त किन पो चाहियो? धारिला छुरा साथी !!

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...